४ पुस २०८२, शुक्रबार | December 19, 2025

अफगानिस्तानमा सत्तापलटपछि तालिबानले दियो पहिलो मृत्युदण्ड



काठमाडौं । तालिबानले गत अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेपछि पहिलो पटक मृत्युदण्ड दिएको छ ।

ताजमिर नाम गरेका एक व्यक्तिले  आफूले हत्या गरेको स्वीकार गरेपछि उनलाई  दक्षिणपश्चिमी फराह प्रान्तको एक स्टेडियममा मृत्युदण्ड दिइएको तालिबानका प्रवक्ताले बताए । तालिबान सरकारका अधिकांश शीर्ष मन्त्रीहरू सहित समूहका दर्जनौं नेताहरू फाँसीमा सहभागी भएका थिए । न्यायाधीहरुलाई शरिया कानूनलाई पूर्ण रूपमा लागू गर्न निर्देशन दिइएको केही हप्तापछि यो आदेश आएको हो ।

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना उक्त आदेश जारी गर्दै न्यायाधीशहरूलाई सार्वजनिक मृत्युदण्ड, सार्वजनिक अंगविच्छेदन र ढुङ्गाले हानेर सजाय तोक्न आदेश दिएका थिए । यद्यपि, तालिबानले आधिकारिक रूपमा वास्तविक  अपराध र सम्बन्धित सजायहरू परिभाषित गरेका छैनन् ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मृत्युदण्डमा सर्वोच्च अदालतका न्यायाधीशहरू, सेनाका कर्मचारीहरू र वरिष्ठ मन्त्रीहरू पनि सहभागी थिए ।

तालिबानले इस्लामिक कानूनको कडा व्याख्याको जिम्मा पाएका मोहम्मद खालिद हनाफी पनि उपस्थित थिए । तर, प्रधानमन्त्री हसन अखुन्द भने उपस्थित नभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ९ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको