२३ बैशाख २०८३, बुधबार | May 6, 2026

अफगानिस्तानको बाढीले ३३ को मृत्यु, ६ सय बढी घर क्षतिग्रस्त



काबुल । अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सरकारी प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको वर्षाका कारण बाढीले ठूलो मानवीय र आर्थिक क्षति गरेको छ ।

विभागका प्रवक्ता जनान सायकले भने, ‘प्राथमिक जानकारीले दुर्भाग्यवश बाढीमा ३३ जनाको ज्यान गएको र २७ जना घाइते भएको देखिएको छ ।’

सो बाढीका कारण अधिकांश घरमा क्षति पुगेको छ, लगभग ६०० घरहरू क्षतिग्रस्त वा ध्वस्त भएका छन ।

साथै, २०० गाईवस्तुको मृत्यु भएको छ भने लगभग ६ सय किमी सडक नष्ट भएको छ र लगभग ८०० हेक्टर कृषि भूमिमा बाढी पसेको छ ।

देशका ३४ प्रान्तहरू मध्ये २० प्रान्तहरू भारी वर्षाले डुबानमा परेका छन् । जसअनुसार पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्दाहार सबैभन्दा बढी क्षति भएका प्रान्तहरू हुन्, सायकले भने।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : ५८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल