१० चैत्र २०८२, मंगलबार | March 24, 2026

समानुपातिक सांसदको नाममाथि छानबिन सुरु, सोमबार निर्वाचित भएको घोषणा हुने



काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सांसदहरुको सूची सच्याउन सुरु गरेको छ ।

दलहरुलाई शनिबार अपरान्ह ४ बजेसम्म समानुापातिक सांसदहरुको नाम बुझाउन समय दिएको आयोगले सांसदहरुको नाम सच्चाउन भोलि सोमबारसम्मको समय दिएको हो । समानुपातिक सिद्धान्तअनुसार समावेशी सूची नमिलेको नाम सच्चाउन आयोगले आज र भोलिको समय दिएको हो ।

यसअघि दलहरुले आयोगलाई बुझाएको बन्द सूचीमा उल्लेख भएको नामावलीभित्रबाट समावेशी सूचीलाई आधार मान्दै दलहरुले सांसद छान्नुपर्छ । यो नियमलाई तलमाथि गर्न पाई्रंदैन । यसैमा सांसदहरुको सूची नमिलेको भए मिलाउनका लागि आयोगले दलहरुलाई समय दिएको हो ।

आयोगले छानविन गरेर सांसदहरुको नाम प्रमाणित गरेपछि मात्रै औपचारिक रुपमा समानुपातिक सांसदहरुले मान्यता पाउँछन् । आयोगले पहिला दलहरुले बुझाएको बन्दसूचीभित्रबाट नाम परे नपरेको, समावेशी सूचीअनुसार महिला, दलित, अल्पसंख्यक, पिछडिएको वर्ग लगायतको प्रतिनिधित्व भए नभएको छानविन गर्छ । यो छानविन सकिएपछि भोलि नै समानुपातिक सांसदहरु निर्वाचित भएको घोषणा गर्ने तयारी आयोगले गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ३७ बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको