२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेपालका ‘कोभिड-हिरो’ श्रेष्ठ भारतको ‘डाक्टर एम्बेडकर एक्सेलेन्सी नेशनल सर्भिस अवार्ड-२०२२’ बाट सम्मानित



नेपालगन्ज । नेपालमा कोरोना महामारीका बेला ‘कोभिड हिरो’ बनन सफल भएका नरेशबाबु श्रेष्ठ भारतीय एक संस्थाबाट सम्मानित भएका छन् । ‘कोभिड हिरो’ श्रेष्ठ भारतीय दलित साहित्य एकेडेमीले वितरण गर्ने ‘डाक्टर एम्बेडकर एक्सेलेन्सी नेशनल सर्भिस अवार्ड-२०२२’ बाट सम्मानित भएका हुन् । भारतका संविधान निर्माता डा. भिमराव अम्बेडकरको स्मृर्तिमा भारतमा थुप्रै प्रतिष्ठान संचालनमा छन् ।

दाङ स्थायी घर भएका र हाल स्वास्थ्य कार्यालय बाँकेका खोप तथा नसर्ने रोग सम्बन्धी फोकल पर्सनकारुपमा कार्यरत श्रेष्ठलाई भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा रेल्बे मन्त्री रमेशचन्द्र रातन र भूतपूर्व संघीय सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री डा. शक्ति नारायण जतियाले दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरेका थिए ।

भारतबाट समेत आफ्नो मुल्याँकन गरि सम्मानित हुन पाउँदा आफुलाई काम गर्नमा थप हौसला जागेको श्रेष्ठले बताए ।

कोरोना महामारीका बेला श्रेष्ठले बाँकेका ८ वटै स्थानीय तह र भारतबाट नेपाल भित्रिने व्यक्तिहरुको कोभिड जाँच, आइसोलेसन, क्वारेन्टाइन व्यवस्थापनमा समन्वयात्मक भूमिकाका साथै फ्रन्टलाइनमा रहेर साहसिक र प्रशंसनीय सेवा प्रदान गरेका थिए । उनले बाँकेमा रहेर कर्णाली तथा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बाँकेमा उपचारका लागि आएका विरामीलाई सहज ढंगले उपचार सेवा पाउन महत्वपूर्ण योगदान पुर्याएका थिए ।

उनले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै यसअघि श्रेष्ठ राष्ट्रपतिबाट प्रथम जनसेवा श्री (चौथो), नेपाली सेनाबाट प्रधानसेनापति प्रशंसा तथा अकाउण्टविलिटी ल्याबबाट कोभिड हिरो जस्ता पदक तथा सम्मानबाट विभूषित भइसकेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : ५८ बजे

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ