८ बैशाख २०८३, मंगलबार | April 21, 2026

नेपालका ‘कोभिड-हिरो’ श्रेष्ठ भारतको ‘डाक्टर एम्बेडकर एक्सेलेन्सी नेशनल सर्भिस अवार्ड-२०२२’ बाट सम्मानित



नेपालगन्ज । नेपालमा कोरोना महामारीका बेला ‘कोभिड हिरो’ बनन सफल भएका नरेशबाबु श्रेष्ठ भारतीय एक संस्थाबाट सम्मानित भएका छन् । ‘कोभिड हिरो’ श्रेष्ठ भारतीय दलित साहित्य एकेडेमीले वितरण गर्ने ‘डाक्टर एम्बेडकर एक्सेलेन्सी नेशनल सर्भिस अवार्ड-२०२२’ बाट सम्मानित भएका हुन् । भारतका संविधान निर्माता डा. भिमराव अम्बेडकरको स्मृर्तिमा भारतमा थुप्रै प्रतिष्ठान संचालनमा छन् ।

दाङ स्थायी घर भएका र हाल स्वास्थ्य कार्यालय बाँकेका खोप तथा नसर्ने रोग सम्बन्धी फोकल पर्सनकारुपमा कार्यरत श्रेष्ठलाई भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा रेल्बे मन्त्री रमेशचन्द्र रातन र भूतपूर्व संघीय सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री डा. शक्ति नारायण जतियाले दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरेका थिए ।

भारतबाट समेत आफ्नो मुल्याँकन गरि सम्मानित हुन पाउँदा आफुलाई काम गर्नमा थप हौसला जागेको श्रेष्ठले बताए ।

कोरोना महामारीका बेला श्रेष्ठले बाँकेका ८ वटै स्थानीय तह र भारतबाट नेपाल भित्रिने व्यक्तिहरुको कोभिड जाँच, आइसोलेसन, क्वारेन्टाइन व्यवस्थापनमा समन्वयात्मक भूमिकाका साथै फ्रन्टलाइनमा रहेर साहसिक र प्रशंसनीय सेवा प्रदान गरेका थिए । उनले बाँकेमा रहेर कर्णाली तथा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बाँकेमा उपचारका लागि आएका विरामीलाई सहज ढंगले उपचार सेवा पाउन महत्वपूर्ण योगदान पुर्याएका थिए ।

उनले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै यसअघि श्रेष्ठ राष्ट्रपतिबाट प्रथम जनसेवा श्री (चौथो), नेपाली सेनाबाट प्रधानसेनापति प्रशंसा तथा अकाउण्टविलिटी ल्याबबाट कोभिड हिरो जस्ता पदक तथा सम्मानबाट विभूषित भइसकेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : ५८ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति