५ पुस २०८२, शनिबार | December 20, 2025

ग्वाटेमालामा ज्वालामुखी विस्फोटः विमानस्थल, राजमार्ग अवरुद्ध



ग्वाटेमाला सिटी । मध्यअमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरि विष्फोट भएको छ । विस्फोटपछि लाभा र खरानी फैलिएको छ । आइतबार ग्वाटेमाला शहरका अधिकारीहरूलाई देशको सबैभन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग बन्द गर्न बाध्य पारेको छ ।

फुएगो नामको ज्वालामुखी शनिबार र आइतवार राति सक्रिय भयो । पग्लिएको चट्टान र धुवा आकाशमा दुई किलोमिटरमाथिसम्म पुगेको थियो । बतासले खरानीलाई ३५ किलोमिटर (२२ माइल) टाढा ग्वाटेमाला सिटी तर्फ पुर्याएको थियो ।

राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको ला अरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यरातमा अस्थायी रूपमा बन्द गरिएको सिभिल एरोनटिक्सको महानिर्देशनालयले एक विज्ञप्तिमा भनेको छ ।

धावनमार्गनजिकै खरानी फैलिएको थियो । कम्तीमा दुई आगमन उडानहरू डाइभर्ट गर्नुपरेको उड्डयन स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ५२ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य