५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

कार्यपालिकाको निर्णय धमाधम कार्यान्वयन गराउँदै रेसुङ्गा नगरपालिका


२६ मंसिर २०७९, सोमबार  

208
Shares

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकामसहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गौलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्तासम्बन्धीको सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएका थिए ।

पहिलो कार्यपालिकाका यी चार निर्णय र अन्य काम अहिले रेसुङ्गा नगरपालिकाले अभियानकै रुपमा गरिरहेको छ । गत हप्ता नगरपालिकाका ४६ आँखाका बिरामीले नेत्रज्योति सङ्घमार्फत निःशुल्क उपचार पाएका छन् । आँखाको ज्योति गुमेका उनीहरुले नगरपालिकाको सहयोगमा मोतियाविन्दुको शल्यक्रियापछि सुन्दर संसार देख्ने अवसर पाएका छन् । योसँगै पहिलो कार्यपालिकाका निर्णय कार्यान्वयन भएको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।

नगरपालिकाले तम्घास बजारलाई सुन्दर बनाउनका लागि अव्यवस्थित तार हटाउने कामलाई पनि अगाडि बढाएको छ । नेपाल टेलिकम गुल्मी, विभिन्न केबल कार्यालय र अन्य झुण्डाइएको तारको व्यवस्थापन अघिल्लो हप्ता निर्णय गरेर यो हप्ता कार्यान्वयनमा गएको नगरप्रमुख पन्थीको भनाइ छ ।

माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट जीपिए ल्याउने विद्यार्थीलाई मासिक चार हजार छात्रवृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयन गरिसकेको छ । नगरपालिकाले जन्म, विवाह र मृत्युदर्ताको काम घरघरमा पुगेर सेवा गरिरहेको छ ।

तम्घास बजारमा रहेको जीर्ण पौवालाई हटाएर नगरपालिकाले सुन्दर प्रतिक्षालय बनाउन थालेको छ । पुरानो बजारमा रहेको इन्द्रवीर पौवा भत्काएर प्रतिक्षालयको काम अगाडि बढेको छ । निजी कम्पनीलाई भाडामा दिएर रेसुङ्गाले हाटबजार सञ्चालन गरेको छ ।

तम्घास बजारको सडक कालोपत्र गरेर सुन्दर बनाउन पनि नगरपालिकाले निर्णय गरेर अगाडि बढेको छ । सडक छेउछाउमा पर्ने खानेपानीका लाइन व्यवस्थापन गर्न उपभोक्ता समितिलाई भनिएको छ भने रेसुङ्गा नगरपालिकाभित्रका विभिन्न विकासका योजनाको गुणस्तरीयता र आयोजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायीसँग छलफल गरेको नगरप्रमुख पन्थीले जानकारी दिए ।

तम्घासको सहिद चोकको शम्शेरबहादुर खत्रीको शालिकको संरक्षण र व्यवस्थित बनाउन नगरपालिकाले काम गरिरहेको छ । तम्घासको खेलमैदानका रुपमा रहेको चिदिचौरलाई व्यवस्थित बनाउने काम पनि नगरपालिकाले अगाडि बढाएको छ ।

जिल्लाभित्रका सबै सडक पूर्वाधारको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउन पनि नगरपालिको अगुवाइमा जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पैडेल, सम्बन्धित कार्यालय प्रमुख र इञ्जिनीयरसँग छलफल गरेर काम अगाडि बढेको नगरप्रमुख पन्थीले बताए ।

नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशको अध्यक्ष समेत रहेका पन्थीले आफूहरुले अभियानकै रुपमा काम गरिरहेको बताए । “हामीले अरु पालिकालाईसमेत उदाहरण दिने गरी अभियानकै रुपमा काम गर्नुछ”, उनी भन्छन्, “समुन्नत गुल्मीको लागि अभियानमा रेसुङ्गाबाटै काम गरेका छौँं”, । ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूलनाराका साथ नगरपालिकाले काम गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १२ : ३१ बजे

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै

लुम्बिनी । २५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय

महानगरको सार्वजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ मिलाइदिन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर