४ पुस २०८२, शुक्रबार | December 20, 2025

दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढे



सोल । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ८६ हजार आठ सय ५२ नयाँ कोभिड–१९ मा सङ्क्रमण देखिएको छ ।

यसैसँग सङ्क्रमितको कुल सङ्ख्या दुई करोड ७८ लाख ४१ हजार एक पुगेको स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

जाडोमा पुनरुत्थानको बारेमा बढ्दो चिन्ताको बीचमा सेप्टेम्बर १४ यता ९० दिनमा यो उच्चतम दैनिक केस देखा परेको थियो ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको २२ हजार ६६७ बाट तीव्ररूपमा बढेको थियो र एक हप्ताअघि ७७ हजार ५९० भन्दाबढी थियो ।

गत हप्ताको लागि, नयाँ केसको दैनिक औसत सङ्ख्या ६१ हजार ७५० थियो । नयाँ केसमध्ये, ५५ विदेशबाट आयातित गरिएको थियो ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १८ कम भएर ४६० पुगेको छ । थप २९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३१ हजार १२८ पुगेको छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ५ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको