५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कम्युनिस्ट इतरको सरकार बनाउने गृहकार्यमा देउवा



काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगकै ‘गोप्य सल्लाह’मा कांग्रेसका केही दोस्रो पुस्ताका नेता कम्युनिस्ट इतरको सरकार बनाउने गृहकार्यमा जुटेका छन् ।

कम्युनिस्ट इतर शक्तिलाई जुटाउँदा सजिलैसँगै १ सय ४५ भन्दा बढी सिटसहित स्पष्ट बहुमत हुने हुँदा कांग्रेस सो गृहकार्यमा जुटेको स्रोतको दाबी छ ।

निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएसँगै अब दल नयाँ सरकार गठनमा जुटेका छन् । सोहीअनुसार कांग्रेसकै नेतृत्वमा कम्युनिस्ट इतर सरकार बनाउनेगरी आन्तरिक छलफल थालिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा उठाउने गरेको भन्दै कांग्रेस वृत्तमा भने आलोपालो प्रधानमन्त्रीको च्याप्टर क्लोज गर्नुपर्ने माग उठेको छ ।

आलोपालो प्रधानमन्त्रीमा कांग्रेसको ‘अरुचि’

कांग्रेसका बहुसंख्यक नेता तथा सांसदले प्रधानमन्त्रीमा आलोपालो विषयमा अरुचि राख्न थालेको पाइएको छ । उनीहरूमध्ये अधिकांशले प्रधानमन्त्री देउवालाई भेटेर पाँच वर्षकै लागि प्रधानमन्त्री कांग्रेसकै हुनुपर्ने र आलोपालो गर्ने विषय आपूmहरूका लागि अस्वीकार्य हुने सुझाव दिँदै आएका छन् ।

विशेषगरी कांगे्रसले माओवादी केन्द्रसँग सहकार्य गरिरहँदा त्यसले सिंगो पार्टी पंक्तिलाई गम्भीर क्षति पु¥याइरहने हुँदा आमकांग्रेस कार्यकर्ताको चाहनाअनुसार माओवादी केन्द्रसँगको सहकार्य टुटाएर कम्युनिस्ट इतर शक्तिसँगको सहकार्यमा सरकार बनाउने आन्तरिक तयारी गरिएको कांग्रेस निकट उच्च स्रोतले जानकारी दिएको छ ।

कांग्रेस निकट स्रोतका अनुसार पछिल्ला दिनमा माओवादी अध्यक्ष प्रचण्डले आफैं प्रधानमन्त्री बन्न सक्ने भन्दै अभिव्यक्ति दिँदै हिंड्न थालेपछि निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको कांग्रेसका नेता प्रचण्डसँग चिढिन थालेको बताइन्छ ।

प्रचण्डले बुधबार पोखरामा आयोजित एक कार्यक्रममा आपूm प्रधानमन्त्री बन्न सक्ने अभिव्यक्ति दिएका थिए । निर्वाचनमा प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट गरी कांगे्रसले ८९ सिट ल्याएको छ भने माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट गरी ३२ सिट ल्याएको छ ।

कांग्रेसका अधिकांश नेता तथा सांसद ८९ सिट ल्याएको कांगे्रसले ३२ सिट ल्याएको माओवादी केन्द्रलाई कुनै पनि हालतमा प्रधानमन्त्री पद दिन नहुने निष्कर्षमा पुगेको बताइन्छ ।

स्रोतका अनुसार कांगे्रसभित्र नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, अर्जुननर सिंह केसीलगायतका नेता हालको गठबन्धन’ पुर्नविचार गरी कांग्रेसलाई नयाँ रूपमा अघि बढाउनुपर्ने पक्षमा देखिएका छन् ।

उनीहरूले सभापति देउवालाई कांग्रेसबाहेक अन्य कसैको नेतृत्वमा पनि सरकार बन्न नहुने र अन्यको नेतृत्व आपूmहरूलाई स्वीकार्य नहुने बताउँदै आइरहेका छन् । देउवाले पनि कांग्रेसले सरकारको नेतृत्व छोड्न नसक्ने त्यसका लागि आवश्यक परे कम्युनिस्टइतर सरकार बनाउन सकिने भन्दै आफ्ना निकटस्थसँग परामर्श थालेका छन् ।

स्रोतका अनुसार नेपाली राजनीतिमा चलखेल गर्ने केही विदेशी शक्तिले पनि कांगे्रसको नेतृत्वलाई कम्युनिस्टइतर शक्तिको संलग्नतामा सरकार बनाउन सुझाव दिएको बताइन्छ ।

स्रोतका अनुसार कांगे्रसले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, लोसपा र केही स्वतन्त्र सांसदलाई समेट्दा स्पष्ट बहुमत आउन सक्ने विश्लेषण गरेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ सहित १ सय ४५ सिट पुग्छ । त्यसमा स्वतन्त्रबाट जितेका अमरेशकुमार सिंहलगायत अन्य दुई जनालाई समेत समेट्दा १ सय ४८ सिट पुग्ने कांग्रेसको विश्लेषण छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आवश्यक परे आपूmहरू सरकारमा जाने बताउँदै आइरहेको छ भने राप्रपाले पनि सरकारमा जाने नजाने विषयमा केही निर्णय गरेको छैन । मधेसका जसपा, लोसपा तथा जनमत पार्टीले पनि जुनसुकै व्यक्तिको नेतृत्वमा पनि आफुहरू सरकारमा जान तयार रहेको बताउँदै अइरहेका छन् ।

कांग्रेसनिकट स्रोतका अनुसार निर्वाचनको परिणामले आलोपालो सरकार बनाउने देखिएको छैन । माओवादी केन्द्रले सोचेभन्दा निकै कम सिट ल्याएकाले पनि कांग्रेस अब माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने पक्षमा नरहेको कांग्रेस निकट स्रोतको दाबी छ ।

कांग्रेसका केही नेताले कम्युनिस्ट शक्तिसँग सरकार चलाउन कठिन हुने तर अन्य शक्तिसँग सहज हुने भएकाले कम्युनिस्टइतरको सरकार बनाउन र पाँचै वर्ष प्रधानमन्त्री चलाउन सभापति देउवालाई सुझाव दिँदै आएका छन् । ‘अहिलेकै गठबन्धन कायम राख्दा कांग्रेसले प्रधानमन्त्रीमा आलोपालो प्रणाली अपनाउनुपर्छ, अब त्यो सम्भव छैन ।’ कांग्रेसका एक केन्द्रीय सदस्यले राजधानीसँग भने । जनमतले पनि माओवादी केन्द्रलाई प्रधानमन्त्री दिन नसकिने खालको परिणाम दिएको दाबी गर्दै कांग्रेसका ती केन्द्रीय सदस्यले अब पाँच वर्ष कांग्रेस नेतृत्वकै सरकारले काम गर्ने दाबी गरे । कांग्रेसभित्र देउवाबाहेक प्रधानमन्त्रीका अन्य आकांक्षीमा महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, पूर्वमहामन्त्री शशांक कोइरालासमेत रहेका छन् । कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, लोसपासँग सरकार बनाउने’ विभिन्न खाले छलफल र परामर्श थालेको बताइन्छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : ०२ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको