६ पुस २०८२, आइतबार | December 21, 2025

हिजाबविरोधी आन्दोलनलाई समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ



तेहरान । हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको इरानी सञ्चार माध्यमहरुले शनिबार जनाएका छन् ।

३८ वर्षीय तरानेह अलिदुस्तीलाई ‘झूटा र विकृत सामग्री प्रकाशित गरेको र अराजकता भड्काएको आरोपमा गिरफ्तार गरिएको थियो’, तस्निम समाचार एजेन्सीले जनाएको छ ।

उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म “द सेल्सम्यान“ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन् । अलिदुस्तीको सबैभन्दा भर्खरको सामाजिक सञ्जाल पोष्ट डिसेम्बर ८ मा भएको थियो, सोही दिन २३ वर्षीय मोहसेन शेकरीलाई मृत्युदण्ड दिइएको थियो । इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन् ।
 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ४३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ