२१ बैशाख २०८३, सोमबार | May 4, 2026

ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका : इरान



तेहरान । इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीतिहरू’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै जनवरीमा ह्वाइट हाउस फर्कन लागेका ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानमाथि ‘अधिकतम दबाब’ को रणनीति अपनाएका थिए ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बगाईलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले भनेको छ, “विगतमा अमेरिकी विभिन्न सरकारका नीति र दृष्टिकोणसँग हाम्रो निकै तितो अनुभव छ ।”

ट्रम्पको जित ‘विगतका गलत नीतिको पुनरावलोकन गर्ने अवसर’ भएको उनले बताए ।

इरान र संयुक्त राज्य अमेरिका सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै एकअर्काका विरोधी थिए । इस्लामिक क्रान्तिले पश्चिमा समर्थित शाहलाई सत्ताच्युत गरेको थियो भने ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ देखि २०२१ सम्म इरानसँगको सम्बन्धमा थप तनाव बढेको थियो ।

बुधबार अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी घोषणा हुनुअघि इरानले अमेरिकी निर्वाचनलाई असान्दर्भिक भन्दै अस्वीकार गरेको थियो ।

सरकारका प्रवक्ता फातेमेह मोहजेरानीले भने, “संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानको सामान्य नीतिहरू तय गरिएको छ। को राष्ट्रपति बन्छ भन्ने कुराले केही फरक पार्दैन । जनताको जीविकोपार्जनमा कुनै परिवर्तन नआओस् भनेर योजना बनाइसकिएको छ।”

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१५ को इरान आणविक सम्झौताबाट अमेरिकालाई एकतर्फी रुपमा फिर्ता भएको घोषणा गरेका थिए र इस्लामिक गणतन्त्रमाथि कडा प्रतिबन्ध लगाएका थिए ।

ट्रम्पको पहिलो कार्यकाल रहेकै समय सन् २०२० मा अमेरिकाले बग्दाद विमानस्थलमा गरेको हवाई आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोरका जनरल कासिम सुलेमानीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ३ : ११ बजे

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो