१ भदौ २०८३, सोमबार | August 18, 2026

गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार (सर्वोत्तम पिठो) गाउँमै उत्पादन गर्ने तयारी भएको छ ।

सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको हो ।

सात दिनसम्म सञ्चालन हुने तालिममा ३५ जनाको सहभागिता रहेको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले जानकारी दिए । पुस १ गतेदेखि तालिम सञ्चालन भएको थियो । पच्चीस जनाको कोटा भए पनि लक्ष्यभन्दा बढी सङ्ख्यामा सहभागी गराइएको उनले बताए ।

सामाजिक विकास कार्यालयको सक्षम महिला, समानान्तर पाइला कार्यक्रममार्फत रु दुई लाख बजेटबाट सो तालिम सञ्चालन गरिएको हो । गहुँ, मकै र भटमासको पिठोलाई मिश्रण गरेर घरमै सर्वोत्तम पिठो बनाउने ज्ञान सीप प्रदान गर्न तालिम आयोजना गरिएको हो ।

तालिमको सुआहार कार्यक्रमका पोषणविज्ञ राजेन्द्र अधिकारी र बालकुमारी पुनले सहजीकरण गरेकी छन । तालिम अनुगमनका क्रममा आइतबार घारमा पुगेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पिठो उत्पादनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

जङ्कफुडको आयात घटाउने, व्यावसायिकरुपमा उद्यम सञ्चालन गरेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने, आर्थिकरुपमा सक्षम र उद्यमशीलताको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरेको मिलनका कार्यकारी निर्देशक बिटालुले बताए ।

सर्वोत्तम पिठो छ महिना उमेर पुगेका बच्चाको लागि उपयुक्त पौष्टिक आहार मानिन्छ । स्थानीयस्तरमा ज्ञान सीप नहुँदा बच्चाले मन पराउने सर्वोत्तम पिठो बजारबाट खरिद गर्दै आएका छन् । सीप भएपछि घरमै उपलब्ध कृषिउपजको प्रयोग गरेर सर्वोत्तम पिठो बनाउन सकिने स्थानीय महिलाले बताएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ०७ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार