४ पुस २०८२, शुक्रबार | December 19, 2025

देउवा विरुद्ध संसदीय दलको नेतामा को उठ्ने ? शेखर–गगन समूहको छलफल आज पनि



काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक आज पनि बसेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसेको हो ।

दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको छ । मंगलबार पनि केही समयअघिदेखि सुरु भएको बैठकमा संसदीय दलको नेता चयनदेखि नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

शेखर कोइराला र गगन थापाले पनि संसदीय दलको नेतामा आकांक्षा राखेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि आफूलाई भावी कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीको रुपमा अघि सारेका महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन् ।

उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताको समर्थन छ । तर, बहमुत सभापति देउवा पक्षलाई रहेकाले शेखर–गगन समूहको बैठक बसेको हो ।

बैठकमा उपसभापति धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको