१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । यससँगै देउवालाई पुनः कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवसर प्राप्त भएको छ ।

कांग्रेस विधानमा ‘दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने’ व्यवस्था छ । दलको नेता चयन प्रक्रियाका लागि बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा ६४ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

संस्थापनइतर समूहबाट उम्मेदवार बनेका कांग्रेस महामन्त्री गगनकुमार थापा भने २५ मत प्राप्त गर्दै पराजित भए । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका थिए । उनीहरू नै संसदीय दलको निर्वाचनमा मतदाता थिए ।

देउवा यसअघि २०७४ मा समेत कांग्रेस संसदीय दलको नेतामा निर्वाचित बनेका थिए । त्यसबखत उनका प्रतिस्पर्धी नेता प्रकाशमान सिंह थिए ।

यसपटक भने सिंहसहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललेसमेत देउवालाई नै दलको नेतामा सहयोग गरेका हुन् । पौडेल यसपटक देउवालाई दलको नेता बनाउन प्रस्तावक आफैं बनेका थिए ।

यसैगरी, देउवालाई पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समेत साथ दिएका थिए ।

महामन्त्री थापालाई भने दलको नेताका लागि भएको निर्वाचनमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, १४औं महाधिवेशनमा देउवासँग सभापतिको प्रतिस्पर्धामा रहेका डा. शेखर कोइराला र त्यसबखत देउवा समूहबाटै महामन्त्री उम्मेदवार प्रदीप पौडेलले थापालाई साथ दिएका थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : २८ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को