१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

एमालेबाट को बन्ला राष्ट्रपति ?



काठमाडौं । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आफूले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ ।

एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । भने सभामुख पद प्रधानमन्त्रीसँगै आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ । ‘अहिले सरकार गठनमा मात्रै सहमति जुटेको छ । बाँकी पदमा छिटै छलफल गरी निष्कर्षमा पुग्नेछौं,’ एमालेका एक नेताले भने ।

राष्ट्रपति चयनको समय अझै एक महिनाभन्दा बढी छ । तर, यसअघि राष्ट्रपति’दयगत धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको हो ।

एमालेका ती नेताका अनुसार, राष्ट्रपतिका लागि तीन जनाभन्दा बढी नेताको नाममा छलफल हुने सम्भावना छ । एमाले स्रोतका अनुसार एमालेबाट राष्ट्रपतिका लागि उपाध्यक्ष सुवास नेम्वाङको बढी सम्भावना छ । यसैगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि उतिकै सम्भावना रहेको बताइन्छ । समकालीन राजनीतिमा शाक्य तुलनात्मक लामो अनुभव र संघर्ष गरेकी नेत्री हुन् । दोहोरिएर एमाले उपाध्यक्ष रहेकी शाक्य गत वर्ष एमाले विभाजन हुँदा ओलीलाई साथ दिएकी थिइन् ।

दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाइने संवैधानिक व्यवस्थाका कारण विद्यादेवी भण्डारी यो कार्यकाल पूरा गरेपछि बिदा हुँदै छिन् ।

एमालेबाट सुवास नेम्वाङ धेरै सम्भावना भएको नेतामा पर्ने एमालेका एक नेता बताउँछन् । ‘पार्टीभित्रको भूमिका र विगतको अनुभवले पनि उहाँ उपयुक्त नेता हो,’ ती नेता भन्छन् ।

संविधानसभाका अध्यक्ष र सभामुखमा लामो अनुभव बोकेका नेम्वाङले आफैं पनि उक्त पदमा जान इच्छुक देखिन्छन् । यसैगरी एमालेले आफ्नो पार्टीभित्र रहेका अन्य केही पुराना र दलित जनजातिका नेतालाई पनि राष्ट्रपति बनाउन सक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार एमाले अनुशासन आयोगका अध्यक्ष रहेका अमृतकुमार बोहोरा पनि राष्ट्रपतिका बलिया दाबेदार हुन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ०३ बजे

प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण

सुनसरी । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज पूर्वी पृतना

कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई

जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ

पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै

प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका

यस्तो छ शुधान्सु कोइरालाको चुनावी संकल्प पत्र (पूर्णपाठ)

नेपालगन्ज । प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का