४ पुस २०८२, शुक्रबार | December 20, 2025

अमेरिकामा हिमपातको कहरः सयौँ उडान रद्द, हजारौँ यात्रु टर्मिनलमै सुत्न बाध्य



न्युयोर्क । घातक हिमआँधीसँगै उडान रद्द र डिले हुँदा अमेरिकाभरका विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र परेका छन् । झन्डै २८ सय उडान रद्द भएका छन भने १३ सय उडान डिले भएका छन् ।

उडान ट्र्याकिङ गर्ने फ्लाइट अवेरका अनुसरा अलपत्र परेका हजारौं यात्रुहरू टर्मिनलमै सुतिरहेका छन् । बिहीबार उड्ने तालिकामा रहेका २३ सयभन्दा बढी उडान रद्द भएका छन् । चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन् ।

रद्दका कारण जानु पर्ने स्थानमा जान नसकेका हरेक व्यक्तिसँग वास्तवमै दुःखित भएको भन्दै साउदवेस्टका सीइओ बब जोर्डनले भिडियोमार्फत क्षमा याचना गरेका छन् ।

कीर्तिमान कडा चिसोले सबै एयरलाइन्सका लागि चुनौतीहरू ल्याएपछि विमान कम्पनीले उडानहरू रद्द गरेका जोर्डनले बताए ।

यसैबीच, चिसोका कारण कम्तीमा ५० जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा लाखौ मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको