७ आश्विन २०८३, बुधबार | September 23, 2026

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने



वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले संघीय सरकारलाई जानकारी गराउनु पर्ने भएको छ ।

यदी यसो गरिएन भने एलियन दर्ता ऐन अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई डिपोर्ट तथा जेल सजायलगायत हुने छ।

ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लाभेटका अनुसार अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले संघीय सरकारमा दर्ता गर्नुपर्ने नियम लागु भएको छ। उनका अनुसार जरिवाना, जेल वा दुवै सजाय हुन सक्ने बताएकी छन्।

क्यारोलिनले भनिन्, ‘राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैं यदि तपाईंले दर्ता गर्नुभएन भने तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नु हुने छैन।’

उनका अनुसार अमेरिकी गृह सुरक्षा विभागले गत अप्रिल ११ मा प्रेस विज्ञप्ति जारी गर्दै सबै विदेशी नागरिकलाई यस ऐन अन्तर्गत दर्ता गर्न आदेश दिइएको छ ।

जसअनुसार प्रिल ११, २०२५ सम्म ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताको प्रमाण बिना अमेरिकामा उपस्थित रहेका विदेशी नागरिकहरूलाई अप्रिल ११ बाट तुरुन्तै दर्ता गर्न भनिएको छ भने अप्रिल ११, २०२५ मा वा त्यसपछि अमेरिका आउने विदेशी नागरिकहरूलाई उनीहरूको आगमनको ३० दिन भित्र दर्ता गर्न भनिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : १८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११