२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको छैन : प्रवक्ता जगन्नाथ खतिवडा



काठमाडौं । एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपहासचिव जगन्नाथ खतिवडाले कुनै पनि राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रियाअघि नबढेको स्पष्ट पारेका छन् ।

एमालेसँग पार्टी एकता हुन लागेको चर्चा चलिरहेका बेला बिहीबार एक वक्तव्य जारी गर्दै उनले कुनै पनि पार्टीसँग एकता प्रक्रिया अघि नबढेको बताएका हुन् ।

‘बजार हल्लाको भ्रममा नपरौँ । हाम्रो पार्टी नेकपा एकीकृत  समाजवादी   कुनै पार्टीसँग एकीकरण  गर्ने गरी अगाडि बढेको छैन,’ उनले भनेका छन्, ‘ कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन ।’

पार्टीले सुद्धृढीकरणको योजना बनाइरहेको र पार्टी  विस्तारका अभियानहरु  कसरी अगाडि बढाउने भनेर विचार विमर्श चलिरहेको बताएका उनले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरु आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय भइनसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ३ : ३८ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा