२३ बैशाख २०८१, आइतबार | May 5, 2024

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनवारे अन्योलमा निर्वाचन आयोग



काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा निर्वाचन आयोग नै अन्योलमा देखिएको छ ।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा परेको हो ।

सोही विषयलाई प्रस्ट बनाएर निर्वाचनको मिति तय गर्ने आयोगको तयारी छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन’दयगत संविधानमा उल्लेख भए पनि शपथ’दयगत अन्योल भएकाले छलफलबाटै निर्णय लिने बताए ।‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि भन्ने व्यवस्था भयो तर नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ कहिले भन्ने व्यवस्था भएन, अन्योल भएका विषयलाई प्रस्ट पारेर समयभित्रै निर्वाचन गर्ने गरी छलफल गरेरै अघि बढ्छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी २९ फागुनमा सकिँदै छ । यस्तै, उपराष्टपतिको पदावधि ९ चैतमा सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ । सो व्यवस्थाअनुसार निर्वाचन आयोगले २९ माघभित्र राष्ट्रपति र ९ फागुनभित्र उपराष्टपतिको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ । आयोगले संविधानमा नै राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि पाँच वर्ष तोकिएकाले पदावधि कायम रहँदा नै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथका विषयमा अन्योलता देखेको हो । सो विषयमा आयोगले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गरेको छ । आयोगले त्यसका लागि प्रधानमन्त्रीको सचिवालयसँग समय पनि मागिसकेको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : ०३ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त