४ माघ २०८२, आइतबार | January 18, 2026

आजको मौसम : हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो



काठमाडौं । देशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रही तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश–१ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । प्रदेश १ को हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैबीच, आइतबारदेखि तराई भू-भागमा, मुख्यतया मध्य तराईमा, दिनभर हुस्सु÷कुहिरो लागेको छ । भैरहवा, सिमरा र जनकपुर केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ । उक्त स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बीच ५ डिग्री सेल्सियस भन्दा कम भिन्नता आएको विभागले जनाएको छ ।

तराईका धेरै भूभागमा मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम भन्दा थोरै बढी देखिएको छ । उक्त क्षेत्रहरूमा मध्यनजर गर्दा हाल नेपालको तराई भूभाग विशेषतः नेपालगन्जदेखि पूर्व जनकपुरसम्म मन्द शीतलहरको अवस्था रहेको छ ।

यो शीतलहर अझै केही दिनसम्म कायम रहने सम्भावना भएको भन्दै विभाग भन्छ, “तापक्रम घट्न गई मध्यम किसिमको शीतलहर हुनसक्ने सम्भावना रहेको देखिन्छ ।”

नेपालगन्ज भन्दा पश्चिममा र जनकपुरभन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढ्न गई बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना देखिन्छ । त्यसैले अबका केही दिन चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ७ : २१ बजे

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं। विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

गगन थापा नेतृत्वलाई वैधता नदिन माग गर्दै देउवा पक्ष पुग्यो सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष रिट निवेदन

सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

चन्द्रपुर । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा

टिकट नपाएपछि विष्णु रिजालको भावुक टिप्पणी – नेतृत्वको रोजाइमा तेस्रोपटक पनि पर्न नसक्नु दु:खद

दैलेख । नेकपा (एमाले)का नेता विष्णु रिजाल यस पटकको प्रतिनिधिसभा

पार्टी आधिकारिकताविरुद्ध देउवा समूह सर्वोच्च जाँदै, आयोगको निर्णय बदरको माग

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबी