२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

आफ्नै कमजोरीले समानुपातिकमा मत ल्याउन सकेनौँ : माधव नेपाल



काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै कमजोरीले गत निर्वाचनमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको स्वीकारेका छन् ।

युवा संघ नेपालले बुधबार आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता आफूहरुको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सृजना नगरेको बताए ।

तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्नुमा आफूहरुकै कमजोरी रहेको बताउँदै उनले थ्रेस होल्ड कटाएकै आधारमा अतिरिक्त कुनै सुविधान नपाइने बताए ।

‘थ्रेस होल्ड पारे गरेको भए, हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइ जहाज दिन्थ्यो कि, पार्टीको अफिस राख्न घर दिन्थ्यो कि, रकम दिन्थ्यो कि, केही पनि दिँदैन थियो,’ अध्यक्ष नेपालले भने,  ‘हामीले खटेर काम गर्न सकेको भए, १५ सिट हुन्थ्यो कि ।’

सांसदहरुलाई थ्रेस होल्ड लाग्ने उनको चेतावनी दिए ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  २ : २६ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने