४ माघ २०८२, आइतबार | January 18, 2026

सन्दीप लामिछानेको मुद्दा चौथो नम्बरमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुुँदै छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । सोही पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको छ । उक्त इजलासमा सन्दीपको मुद्दा चौथो नम्बरमा परेको छ ।

यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । पहिलो पेसीमा सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। तर, बिहीबार उनको पेसी चौथो नम्बरमा परेको छ ।

हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि बुधबार क्रिकेटरहरुले आवाज उठाएका थिए ।  एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार उनी १८ कात्तिकमा कारगार चलान भएका थिए ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १२ : ०४ बजे

प्रतिनिधिसभा निर्वाचन लड्न राष्ट्रियसभाका तीन सांसदले दिए पदबाट राजीनामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रियसभाका तीन

उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी

देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, ६ गतेमात्र सुनुवाइ

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले दायर

राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित, अर्को बैठक माघ ९ गते

काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित भएको राष्ट्रियसभाको बैठक आजबाट सुरु

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं। विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ