३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवल उपमहानगरको नगरसभामा ‘मनपरेका’ पत्रकारलाई मात्र प्रवेश अनुमति, तोकिएका बाहेकका पत्रकारलाई प्रवेश निषेध



बुटवल । बुटवल उपमहानगरपालिकाको नगरसभामा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई सेण्डिकेट कायम गरिएपछि केहि पत्रकारहरु नगरसभाको उदघाटन सत्रमा प्रवेश नै नगरी बाहिरिएका छन् ।

नगरसभाहल बाहिर तैनाथ नगर प्रहरीले तोकिएका पत्रकार र सञ्चार संस्थालाई बाहेक अन्यलाई प्रवेश अनुमति नभएको जनाएपछि पत्रकारहरु कार्यक्रम स्थलबाट बाहिरिएका हुन् ।

उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले नियुक्त गरेका प्रेस संयोजकले मनपरेका आफु निकट पत्रकारहरुको लिष्ट बनाएर सुरक्षाकर्मीलाई दिएको र त्यस बाहेकका पत्रकारलाई प्रवेश निषेधको आदेश दिन लगाएको उपमहानगर स्रोतले जनाएको छ ।

सामाजिक संजालमा नगरसभाको सार्वजनिक निम्तो पोष्ट गरेपछि नगरसभाको समाचार संप्रेसण गर्न सभास्थल पुगेका पत्रकारहरुलाई सुरक्षाकर्मीले लिष्टमा नाम छैन भन्दै गेटबाटै फर्काइरहेका छन् ।

लिष्टमा नाम छैन भन्दै सभाहलको गेटबाटै छिर्न नदिएपछि आफ्नो मिडियाको नाम भएपनि पत्रकारको अपमान भएको ठानेर कार्यक्रममा नबसेको सभाहलबाट निस्कंदै गरेका पत्रकार डिबी सुस्लिङले बताए ।

नगरसभामा छानिएका पत्रकार बाहेकलाई पस्न नदिने कार्य आफुले पहिलोपटक देखेको पत्रकार भगवती पाण्डेले भनिन् । ‘उपमहानगरले पत्रकारलाई पनि सेण्डिकेट लगायो,’ उनले भनिन् ।

उपमहानगर प्रशासनले बनाएको लिष्ट लिएर सभाहलको ढोकामा तैनाथ नगर प्रहरीले पत्रकारलाई लिष्ट समेत हेर्न दिएनन् । लिष्ट हेर्न माग्दा उनीहरुले देखाउने अनुमति नभएको बताए ।

पत्रकारलाई प्रवेश निषेध गरिएको विषयमा जिज्ञासा राख्न मोबाइलमा फोन गर्दा उपमहानगर प्रमुख पाण्डेले मोबाईल उठाएनन् ।

नगर कार्यपालिकाको अघिल्लो बिहीबार बसेको बैठकले भोलि बिहीबार नगरसभाको १२ औं अधिवेशन आजका लागि डाक्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ४ : ०४ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा