४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाल्पाको खुर्सानेमा बस दुर्घटनामा, ६ जनाको मृत्यु (मृतकको नामसहित)



बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ।

रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्ने सो सडकमा बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसक्दा ठुलो संख्यामा यात्रुको ज्यान गएको बताइएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा पाल्पा रैनादेबी ८ खुर्साने गाँउकी ३६ वर्षिया निर्मला घिमिरे, ११ वर्षिया सरुमाया घिमिरे, ५४ वर्षिया खिमकुमारी राना, ४० वर्षिया गिरिकुमारी गाहा, २१ वर्षिया सामकुमारी खत्री र १९ वर्षिया बिना पाण्डे रहेका छन् ।

प्रहरीका अनुसार घाइते भेटिएका १५ जना मध्ये पनि १३ जना महिला र ४ जना पुरुष रहेका छन्।

प्रहरीलाई राति १० बजेतिर दुर्घटनामा परेका घाइतेले नै फोन गरेर घटनाबारे जानकारी गराएका थिए। घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ६ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको