२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटलमा कुटपिटबाट एक वृद्धको मृत्यु



बुटवल । बुटवलमा एक पुरुषको सामुहिक कुटपिटबाट एक वृद्धको मृत्यु  भएको छ । बुटवल १३ का ६० वर्षीय यमबहादुर नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा बुटवलकै एडमनसिटी अस्पतालमा मृत्यु भएको छ ।

घटना बारे थप अनुसन्धान जारी तथा दोषीहरुलाई पक्राउ गरि थप अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । मृतकको छोराको टोलकै कुनै युवतीसँगको सम्बन्धका विषयमा कुरा मिलाउन भन्दै बोलाउँदा स्थानीयले बोलाएको स्थानमा नगएपछि स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएकाहरुले नेपालमाथि आक्रमण गरेको छिमेकीहरुले बताएका छन् । बाबुमाथि आक्रमण भएपछि छुटाउन गएका नेपालका २ छोराहरुपनि घाइते भएको बताइएको छ ।

टोलमा छलफलका लागि बोलाउँदा नआएको भन्दै युवाहरुको एक समुह घरमै गएर आक्रमण गरेको प्रारम्भिक जानकारी आएको डीएसपी थापाले बताए ।

आक्रमणपछि घाइते भएका उनलाई उपचार लागि अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

कुटपित गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि उनीहरुको नाम सार्वजनिक गरेको छ्रैन ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : १४ बजे

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम