बुटवल । बुटवलमा एक पुरुषको सामुहिक कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । बुटवल १३ का ६० वर्षीय यमबहादुर नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा बुटवलकै एडमनसिटी अस्पतालमा मृत्यु भएको छ ।
घटना बारे थप अनुसन्धान जारी तथा दोषीहरुलाई पक्राउ गरि थप अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । मृतकको छोराको टोलकै कुनै युवतीसँगको सम्बन्धका विषयमा कुरा मिलाउन भन्दै बोलाउँदा स्थानीयले बोलाएको स्थानमा नगएपछि स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएकाहरुले नेपालमाथि आक्रमण गरेको छिमेकीहरुले बताएका छन् । बाबुमाथि आक्रमण भएपछि छुटाउन गएका नेपालका २ छोराहरुपनि घाइते भएको बताइएको छ ।
टोलमा छलफलका लागि बोलाउँदा नआएको भन्दै युवाहरुको एक समुह घरमै गएर आक्रमण गरेको प्रारम्भिक जानकारी आएको डीएसपी थापाले बताए ।
आक्रमणपछि घाइते भएका उनलाई उपचार लागि अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
कुटपित गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि उनीहरुको नाम सार्वजनिक गरेको छ्रैन ।



















प्रतिक्रिया