२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बुटवलमा शनिबार माघेसक्रान्ती खाना महोत्सव- २०७९ हुँदै



बुटवल । मगर संस्कृती र परम्पराको संरक्षण गर्ने उद्देश्यसहित बुटवलमा माघेसक्रान्ती खाना महोत्सव-२०७९ आयोजना हुने भएको छ । बुटवल-८ सुख्खानगरमा अवस्थित मगर खाजा घर एण्ड फेमेली रेष्टुरेन्टले  यही पौष ३० गते महोत्सवको आयोजना गर्ने भएको हो ।

चर्चित डान्सर र कलाकारहरुको सास्कृतिक कार्यक्रम सहित मगर सँस्कृतीका विभिन्न नाचगानसहित परम्परागत परिकारहरु महोत्सवमा राखिने सञ्चालक बसन्त थापा मगरले बताए । सुपथ मूल्यमा परम्परागत परिकार उपलब्ध गराइने महोत्सवमा करिब ५ सयको सहभागिता रहने उनले अपेक्षा गरे ।

महोत्सवमा आउने दर्शक तथा सेवाग्राहीले ५ सय रुपैयाँको टिकट काटेपछि ९ वटा परिकार प्राप्त गर्ने छन् । सो मूल्य बराबरको टिकटमा खिचडी, जँगली तरुलको भुजरी, बारा, सेल, मिक्स अचार, पकौडा, इट्ली, चिकेन रोष्ट तथा लोकल बंगुरको मासुको परिकार खान पाउने छन् । यस बाहेक अन्य परिकारहरु समेत महोत्सवमा राखिने उनले बताए ।

शनिबार दिनको १२ बजेदेखि सुरुहुने महोत्सव राती १० बजेसम्म सञ्चालन हुने छ । विगतका वर्षहरुमा समेत खाना महोत्सव गर्दै आएका सञ्चालक थापाले हराउँदै गएको मगर सँस्कृतीको संरक्षणका लागि सालैजो नाचको विशेष प्रस्तुती रहने बताए ।

यसैगरी सहरीकरणसँगै हराउँदै गएको मगर परम्पराका खानाहरु बारे जानकारीसहित स्वाद उपलब्ध गराउने गंगा थापा मगरले बताइन । मगर समुदायको विशेष पर्वको रुपमा रहेको माघे संक्रान्तीलाई लक्षित गरि आयोजना गरिने महोत्सवमा २ लाख बढीको आर्थिक कारोबार हुने उनको अपेक्षा छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ४९ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र