२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सरकार असफल बनाउने प्रयास गरियो : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गरेका छन् । नेपाल मार्बल व्यापार सङ्घ नेपालको १०औँ अविधेशनमा उहाँले अहिले भर्खरै गठन भएको सरकारलाई असफल बनाएर अस्थिरता निम्त्याउन खोजेको आशङ्का गरे ।

अध्यक्ष ओलीले भने, “अस्थिरता फेरि फर्काउन खोज्ने, स्थिरता हुनै नदिने, राजनीतिक अस्थिरताकाबीच भएको स्वाभिमानी सरकार निर्माण सानो देखिए पनि ठूलो खुसीको कुरा हो ।” उनले नेपालको विकासमा चासो नहुने बाह्य शक्तिलाई राजनीतिमा चाहिँ किन चासो भएको भन्दै आश्चर्य व्यक्त गरे । उनले मार्बल व्यापारलगायत सबै व्यवसायीका समस्या समाधान गर्न सरकारले न्यूनतम साझा कार्यक्रममार्फत नै कदम अघि बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले व्यवसायीका समस्या समाधानमा आफूले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि कानुन निर्माण गरी समस्या समाधान गर्न पहल गर्ने विश्वास दिलाए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य किरण थापाले देश र उद्योगी दुवैको हित हुने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिए । त्यसअवसरमा सङ्घका अध्यक्ष लक्ष्मी सङ्ग्रौला, पूर्वअध्यक्ष ओमप्रकाश गोयल, नेपाल निर्माण सामग्री व्यापार सङ्घ काठमाडौँका अध्यक्ष अच्युत केसी कटुवालले व्यवसायीमाथि सरकारले थिचोमिचो गरिरहेको गुनासो राखे ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ५६ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने