२ पुस २०८२, बुधबार | December 18, 2025

प्रेसमाथिको हस्तक्षेप बन्द गर : अध्यक्ष विपुल पोख्रेल



नेपालगन्ज । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रतामाथि विभिन्न पक्षबाट हुने हस्तक्षेपलाई तत्काल बन्द गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

नेपाल पत्रकार महासङ्घ बाँके शाखाको १३औँ वार्षिक साधारणसभालाई आज यहाँ उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले समाजलाई जागरुक बनाउन पत्रकारिता गर्ने क्रममा कसैले पनि पत्रकार र सञ्चारगृहमाथिको आक्रमण, अवरोध तथा बन्देज लगाउन नपाइने भन्दै निर्वाधरूपमा पेसा सञ्चालन गर्ने वातावरण निमार्ण गर्न सुझाव दिए ।

उनले भने, “पत्रकारिता गर्ने क्रममा कसैले पनि पेसालाई दुरुपयोग गरेको छ भने त्यसलाई अवश्य कारबाही हुन्छ, पत्रकार तथा मिडियालाई पनि नियन्त्रण गर्ने निकाय प्रेस काउन्सिल छ, पत्रकारको नाममा कसैले पनि गलत कार्य गर्नुहुँदैन ।”

समारोहमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईँ, पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीलगायतले पत्रकारका हकहित तथा पेसाका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।

समारोहमा महासङ्घद्वारा स्थापित विभिन्न पुरस्कारहरु पत्रकारलाई प्रदान गरिएको महासङ्घ बाँके अध्यक्ष दामोदर भण्डारीले बताए । उनका अनुसार सभाको बन्दसत्रमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १० : १३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल