२८ मंसिर २०८२, आइतबार | December 15, 2025

बिहीबार पनि घट्यो अमेरिकी डलरकाे भाउ



काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा आज पनि ओरालो लागेको छ । अमेरिकी डलरमा १ रुपैयाँ ३३ पैसाले ओरालो लागेको हो । बिहीबार यसको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३० रुपैयाँ ५६ पैसा र बिक्रीमा १३२ रुपैयाँ १६ पैसाले कारोबार भएको थियो ।

रोपियन युरो ३२ पैसाले घटेको छ । यसकोे खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५६ पैसा तोकिएको छ । अघिल्लोदिन युरोको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीदर १४० रुपैयाँ ८८ पैसामा भएको थियो ।

अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन भएको छ । यसको खरिदमूल्य ९० रुपैयाँ १ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ४२ पैसामा कारोबार भइरहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४५ पैसा र बिक्रीमा १० रुपैयाँ ५० पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ६७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ७ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १२ : ५२ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर