२ श्रावण २०८३, शनिबार | July 19, 2026

नागरिक उन्मुक्ति तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशले आज पनि सभामुख पाएन



धनगढी । सुदूरपश्चम प्रदेशमा आज पनि सभामुख चयन हुन सकेन ।

सभामुख चयनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि सभामुख नचुनिएका हुन् ।

साँझ ६ बजे बसेको प्रदेशसभा बैठकमा सभामुखमा निर्वाचित हुन माओवादीका सांसद भीमबहादुर भण्डारी र कांग्रेस सांसद मानबहादुर रावलले ५१ प्रतिशत मत पाउन सकेनन् ।

मतदानहुनुअघि, प्रदेशसभाको जारी बैठकको विशेष समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सचेतक लक्षमण किशोर चौधरिले सभामुख चयनमा आफ्नो पार्टी तटस्थ बस्ने उद्घोष गरेका थिए।

उनले सत्तारूढ दलको सहमति अनुसार सुदूर पश्चिममा मुख्यमन्त्री चयनका लागिमात्रै समर्थन गर्ने निर्णय भएकोमा सपथका क्रममा विना जानकारी दुई मन्त्रीलाई पनि सपथमा ल्याइएको भन्दै त्यसको विरोध स्वरूप आजको सभामुख चयनमा तठस्त बस्ने निर्णय गरिएको बताए ।

त्यसैगरि टीकापुर घटनामा आरोपित ठहर गरेर जेल चलान गरिएका रेशम चौधरीलगायत नेता कार्यक्रता छुटाउनसमेत पहल नगरिएको भन्दै उनले सो विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताएका थिए ।

प्रदेशसभामा दुवै पक्षले आफु निर्वाचित हुनका लागि नागरिक उन्मुक्ति पार्टीको मत अनिवार्य लिनैपर्ने अंकगणित रहेको छ । सो पार्टीका सात जना प्रदेशसभा सदस्य रहेका छन् ।

सुदूरपश्चिम प्रर्देश सभामा आज सभामुख चयन नभएपछि अब पर्सि माघ २ गतेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने छ । माघ २ गते सभामुख चयन नभए प्रदेशसभा संवैधानिक जटिलतातर्फ धकेलिने छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : २३ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल