२० मंसिर २०८२, शनिबार | December 6, 2025

साङ्केतिकरुपमा मनाइयो २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस



काठमाडौं । राष्ट्रिय शोकका कारण २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भूगोलपार्कमा साङ्केतिकरुपमा मनाइएको छ । काठमाडौं महानगरपालिकाले भूगोलपार्कमा बनाएको भूकम्प स्मृति स्मारकमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा आज कार्यक्रम गर्ने तयारी गरेको थियो ।

आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेपछि आज सरकारले सार्वजनिक बिदा दिएका कारण स्मारकमा फूल चढाएर कार्यक्रम गरिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

कार्यक्रममा महानगरपालिकाका विभागीय प्रमुखको उपस्थिति थियो । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो ।

सरकारले विमान दुर्घटनामा परी ७२ यात्रुको निधन भएकामा राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत सहभागी हुने मूल समारोह समितिको कार्यक्रम पनि स्थगित गरिएको प्रचारप्रसार उपसमितिका सदस्य सचिवसमेत रहेका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले बताए।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसकारुपमा मनाउन थालिएको हो । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । सोमबार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने प्रचारप्रसार समितिका संयोजक एवं सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : ०३ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले