५ पुस २०८२, शनिबार | December 20, 2025

एमालेका मन्त्रीमा पौडेलबाहेक सबै नयाँ अनुहार



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा एमालेले एकजनाबाहेक सबै मन्त्री नयाँ बनाएको छ । विगतमा जस्तै पटक पटक मन्त्री बन्ने सूचीमा यसपटक एमालेमा विष्णु पौडेल मात्र परेका छन् । पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले बाँकी सात मन्त्री र एकजना राज्यमन्त्री सबै नयाँ अनुहार छानेका छन् । जसमा दामोदर भण्डारी उद्योग, डा. विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री नियुक्त हुने भएका छन् । आजै प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नियुक्त गर्ने भएकी छन् ।

मन्त्री बन्न लागेकामध्ये विमला राई राष्ट्रिय सभा सदस्य हुन् । सरकारमा राष्ट्रिय सभाबाट पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै एमाले नेतृत्वमाथि दबाब परेको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ०७ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य