१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई गृहमन्त्रालयको निर्देशन



काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको विज्ञप्तिमा मार्फत जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीले कोइरीलाई पक्राउ गरी कारवाही गर्न पटक पटक मौखिक निर्देशन दिएपनि हालसम्म पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । उनलाई पक्राउ गरी कानून बमोजिम तत्काल कारवाही अघि बढाउन प्रहरीलाई लिखित पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

कोइरी महोत्तरी क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणी पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी हिजो बिहीबार भएको सभामुख निर्वाचन हुनुअघि संसद बैठकमा सहभागी भएका थिए । तर, उनको बारेमा कांग्रेस सांसदले प्रश्न उठाएपछि गृहमन्त्री रवि लामिछानेले जो कोहीलाई पनि नछोड्ने प्रतिवद्धता जनाएका थिए । त्यसपछि भएको सभामुख निर्वाचनमा भने कोइरीले मतदान गरेका थिएनन् ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ८ : २७ बजे

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको

एनपीएलमा आज दुई खेल, चितवन-विराटनगर र जनकपुर-कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार दुई खेल

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी