१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई गृहमन्त्रालयको निर्देशन



काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको विज्ञप्तिमा मार्फत जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीले कोइरीलाई पक्राउ गरी कारवाही गर्न पटक पटक मौखिक निर्देशन दिएपनि हालसम्म पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । उनलाई पक्राउ गरी कानून बमोजिम तत्काल कारवाही अघि बढाउन प्रहरीलाई लिखित पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

कोइरी महोत्तरी क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणी पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी हिजो बिहीबार भएको सभामुख निर्वाचन हुनुअघि संसद बैठकमा सहभागी भएका थिए । तर, उनको बारेमा कांग्रेस सांसदले प्रश्न उठाएपछि गृहमन्त्री रवि लामिछानेले जो कोहीलाई पनि नछोड्ने प्रतिवद्धता जनाएका थिए । त्यसपछि भएको सभामुख निर्वाचनमा भने कोइरीले मतदान गरेका थिएनन् ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ८ : २७ बजे

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई