३ असार २०८३, बुधबार | June 17, 2026

एन आई सी एशियाले प्रकाशित गर्योे दोस्रो त्रयमासिक वित्तीय विवरण



काठमाडौ । एन आई सी एशिया बैंकले दोस्रो त्रयमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७९/८० को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २६६.६८ अर्ब पुर्याउन सफल भएको छ ।

निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.७० अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ रू. ३.२७ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (RoE)२४.७५ प्रतिशत रहेको छ ।

साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७९/८० को दोस्रो त्रयमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : ४७ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स