३ असार २०८३, बुधबार | June 17, 2026

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड



काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स समिट २०८३ तथा डिलर मिट सम्पन्न गरेको छ ।

‘बसेपनि शहर गाँउ कै खाने रहर’ नारालाई आत्मसाथ गर्दै आएको कम्पनीले नेपालको उत्पादनलाई प्रवर्धन र स्वदेशी कच्चा पदार्थबाट बनेका उत्पादनलाई राज्यले समेत प्राथामिकता दिनुपर्ने आवश्यकता औल्याइएको थियो ।

पैचो पसल प्रालिका प्रवन्ध निर्देशक धुव्रराज न्यौपानले स्वदेशी उत्पादन प्रति उपभोक्ताको रोजाई बढ्दै गएको भन्दै प्रतिस्पर्धी बजारमा पैचोले फरक र मौलिक स्वाद दिदाँ उपभोक्ताले पैचोका उत्पादन मन पराइरहेको बताए । उनले भने ‘कृषि सम्बधी उद्योगमा लगानी निकै कम छ । कृषि क्षेत्रको विकासको लागि स्वदेशी उत्पादनको बजारीकरणको आवश्यकता छ । पछिल्लो समय नेपाली उत्पादन स्वदेश तथा विदेशका विभिन्न स्थानमा पुगिरहेको अवस्थामा नेपालको मार्केट समेत बिस्तार भइरहेको छ । अब राज्यले लगानी प्रवर्धनको लागि वातावरण बनाउनु पर्छ ।’

पैचो पसल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवराज न्यौपानले पछिल्लो समय नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिप्रर्धा गर्न सक्षम भएको बताए । उनले भने, राज्यले अझै पनि कृषि उद्योगलाई प्राथामिकता दिन नसक्दा अर्बौको कृषि उत्पादन आयात भइरहेको छ । त्यसलाई रोक्न र ग्रामिण अर्थतन्त्रलाई अघि बढाउन पैचोले गाँउमै उद्योग खोलेर बजार बिस्तार गरिरहेको बताए ।

पैचो पसल प्रा.लि.का बजार विभाग प्रमुख लक्ष्मण गैरले भने, ‘नेसनल सेल्स समिट तथा डिलर मिटले नेटवर्क र ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाएर अगाडि बढाउने छ । बजारमा प्रतिपर्धी बन्न टिमको आवश्यकता रहेको भन्दै बलियो टिमको साथमा पैचोले काम गरिरहेको छ ।’

स्वदेश तथा विदेशमा रहेका उपभोक्तालाई सहज रुपमा पैचोका गुणस्तरिय उत्पादनलाई पुर्‍याउने काम मार्केटिङ विभागले गरिरहेको उनले बताए ।

कार्यक्रममा पैचो पसल प्रा.लि.को बजार विभागमा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्यसम्पादनको आधारमा ‘उत्कृष्ट कर्मचारी सम्मान–२०८२’ द्वारा रिजलन म्यानेजर तर्फबाट संगम पोखरेल, ‘उत्कृष्ट सेल्स सुपरभाइजर सम्मान–२०८२’ हरिहर खड्कालाई सम्मानित गरिएको थियो । यस्तै ‘उत्कृष्ठ डिएसआर सम्मान–२०८२’ मा रञ्जिता राउत, बिक्रम भण्डारी र रञ्जिता बस्याल पुरस्कृत भए ।

डिलरहरूले पैचोसँग जोडिएर काम गर्दा अपनत्व महसुस भएको बताएका थिए । उनीहरुले आफ्नो व्यावसायिक अनुभव, कम्पनीले गर्नु पर्ने रणनीति र अवसरहरूबारे छलफल गरेका थिए । पैचोले ग्रामिण कृषकले उत्पादन गर्ने कृषिउपजबाट टमाटो केचअप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत सय भन्दाबढी वस्तु उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १० : १० बजे

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान