२३ माघ २०८२, शुक्रबार | February 6, 2026

पोखरामा एक युवकले गरे शौचालयभित्र आत्मदाहको प्रयास



पोखरा । पोखरामा एक युवकले आफै भाडामा बस्दै आएको घरको शौचालयमा आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगर –१३ बस्दै आएका ती युुवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका हुन् ।

काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि व्यवसायी प्रेम आचार्यले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा आत्मदाहको अर्को प्रयास भएको हो ।

भाडामा बस्दै आएका युवा शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना थाहा पाउने वित्तिकै सोही घरकी घरधनी महिलाले आगो निभाउन गएकी र आगो निभाउने क्रममा ती महिला पनि घाइते भएकी छन् ।

आगोमा जलेर घाइते भएका दुबै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ  ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : ४१ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद