१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराए । उनीहरुबीच चीन र नेपालको व्यापार सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

मन्त्री भण्डारीले राजदूत सोङसँग नेपाली वस्तु चीन निर्यात र सञ्चालनमा रहेका नाकामा आयात सहज गर्नुपर्ने विषयमा छलफल गरेका थिए । उनले नेपालमा उद्योगधन्दा सञ्चालनका लागि चिनियाँ लगानी भित्र्याउने विषयमा पनि राजदूत सोङसँग आग्रह गरे।

भेटका क्रममा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको मन्त्री भण्डारीलाई जानकारी गराए । उनले दुई देशबीचको व्यापार सम्बन्ध अझ मजबुत बनाउन आफूले भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ११ : ५८ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने