२१ चैत्र २०८२, शनिबार | April 4, 2026

तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू



मोरङ । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा बिहीबारदेखि यहाँ सुरू भएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा सुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी तेस्रो डान ग्रेडिङ परीक्षा रहेको आइटिएफ तेक्वान्दोका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का अध्यक्ष प्रवीण कार्कीले जानकारी दिए ।

प्रदेशका ४१ तेक्वान्दो खेलाडीको सहभागिता रहेको उक्त परीक्षामा उत्तीर्ण हुने खेलाडीलाई ग्रेड वृद्धि गरिने कार्कीले बताए । प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले ग्रेडिङ परीक्षाको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासमा सरकारले सहयोग गर्ने बताए । उनले तीन तहको सरकार खेलकुद क्षेत्रको विकासमा अगाडि बढेर यस क्षेत्रको विकासमा लाग्नुपर्ने विचार राखे ।

प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासङ्घका अध्यक्ष तथा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष कार्कीले खेलकुदले अनुशासन कायम गर्ने भएकाले यस क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : १४ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२