६ पुस २०८२, आइतबार | December 22, 2025

विवेकशीलको नयाँ नेतृत्वका लागि बाँस्कोटा, परियार र पाण्डेबिच प्रतिस्पर्धा हुने



काठमाडौं । आजदेखी सुरु हुने विवेकशील साझा पार्टीका प्रथम महाधिवेसनका लागि तीनजनाले नेतृत्वमा आकांक्षा व्यक्त गरेका छन ।

सो पार्टीका केन्द्रिय नेताहरु समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकक्षा ब्यक्त गरेका हुन । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेसन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन ।

“अध्यक्षका लागि अहिलेसम्म तीनजनाको नाम आएको छ, महाधिवेसनवाट नयाँ नेतृत्व चयन गर्नेछ’ परियारले भने ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १ बजे सुरु हुने महाधिवेशनको तयारी सम्पन्न भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो ।

महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेसन पछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ  ।

शुक्रबारवाट देखी सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । शनिवारसम्म चल्ने महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सो पार्टीका पुर्व अध्यक्ष रविन्द्र मिश्रले ‘बिचार भन्दा माथी देश’ भन्ने फरक प्रतिवेदन पेश गरे पछि विवेकशील पार्टी छिन्न भिन्नको अवस्थामा पुगेको थियो । मिश्रका कारण राजनीतिक गतिबिधि लगभग शुन्यमा पुगेको सो पार्टीले महाधिवेसन गरेर नयाँ रुप लिन लागेको हो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : २९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको