१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

पाँँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको दोस्रो दिन अवलोकन गर्नेको भिड



चितवन। माघ २७ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा शुरु भएको कृषिसँग सम्बन्धी बृहत पाँँचौँ नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिन चितवन, नवलपुर, धादिङ, मकवानपुर लगायतका जिल्लाहरुका अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो ।

कृषि र त्यससँग सम्बन्धित अवलोकनकर्ताहरुको उपस्थितिले प्रदर्शनीको लक्ष्य अनुरुप कार्य पूरा भएको आयोजक संस्था मिडिया स्पेश सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । प्रदर्शनी अवधिभर कृषिसँग सम्बन्धित विभिन्न विज्ञहरुसँग गोष्ठी, सेमिनार र अन्तरक्रिया समेत गरिएको थियो । तीनदिन सम्म सञ्चालन हुने प्रदर्शनीको आज आइतबार एक विशेष कार्यक्रमका बीच समापन गरिने आयोजकले बताएको छ ।

प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास, कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने लक्ष्य समेत लिइएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा।लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा भएको प्रर्दशनीमा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु सहयोगी संस्थामा रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ११ : १८ बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास