१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

दशौं दीप गायन तारा फागुन ४ र ५ गते



बुटवल रुपन्देहीको बुटवल ८ सुख्खानगर स्थीत दीप बोडिङ हाइ स्कूलको आयोजनामा दशौं जिल्ला स्तरीय अन्तर मा. वि. दीप गायन तारा प्रतियोगिता यही फागुन ४ र ५ गते हुने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

जिल्लाका ५० विद्यालय प्रतियोगितामा सहभागिता हुने विद्यालय प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए । विद्यालयले विगत १२ वर्षदेखी रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता सञ्चालन गर्दै आइरहेको उनले बताए ।

विद्यालयको ४२ औं स्थापना दिवसको अवसरमा फागुन ४ र ५ गते कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने गरी दशौं जिल्ला स्तरीय अन्तर मा।.वि. दीप गायन ताराको आयोजना गरिएको उनको भनाइ छ ।

४ गते प्रथम चरण हुनेछ भने दोस्रो चरण ५ गते हुनेछ । पहिलो चरणमा प्रतियोगीले विना ट्र्याक गीत गाउनु पर्नेछ भने यस चरणबाट उत्कृष्ट १५ जनालाई दोस्रो चरणका लागि छनौट गरिने कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताए । त्यस्तै प्रथम चरणबाट छानिएका उत्कृष्ट १५ जनाले ट्र्याकसहित गीत गाउनुपर्ने उनले बताए । त्यसबाट उत्कृष्ट १० जनालाई अन्तिम चरणका लागि छनौट गरिने उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजारका साथ सिल्ड, मेडल तथा द्दितिय हुनेले नगद रु २० हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन् ।

यसैगरी तृतीय हुनेले नगद रु १० हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । साथै दुई जनालाई नगद रु २ हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक पाण्डेयले बताए ।

दिप गायन तारा प्रतियोगिताबाट हालसम्म अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे र कुशल आचार्य गरी जम्मा नौ जना विद्यार्थीहरू विजेता भईसकेका छन ।

दीप बोडिङ हाइ स्कूल २०३७ फागुन ५ गते स्थापना भएको संस्थागत विद्यालय हो । यस विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूमा अन्तर्निहित क्षमताको प्रस्फुटन गर्दै आइरहेको छ ।

विद्यालयले नगर, जिल्ला र राष्ट्रव्यापी कविता लेखन, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन, हाजिरीजवाफ, चित्रकला, भलिबल, टेबलटेनिस, कराते, कबड्डी लगायत विभिन्न प्रतियोगितामा अब्बल नतिजा ल्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ५९ बजे

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको