१६ बैशाख २०८२, मंगलबार | April 30, 2025

सिमा सुरक्षा गर्न हिउँमा गस्ती



सुर्खेत । सिमा जोगाउनका लागि हुम्ला स्थित सीमा सुरक्षा चौकी (विओपी)का सुरक्षाकर्मी हिउँमा गस्ती गर्न बाध्य भएका छन् ।  नेपाल र चीनको सीमाना हिल्सामा सीमा सुरक्षाका लागि सुरक्षाकर्मी हिँउमा नियमित गस्ती कार्य गर्दै आएका हुन् ।

नियमित रूपमा सीमा स्तम्भहरूको अनुगमन हिउँमै गर्नुपर्ने भएकाले आफूबाट  गस्ती गर्न बाध्य भएको बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले बताए । नेपाल चिनको बीचमा रहेको सिमानामा हिउँमै भएपनि गस्ती गर्नुपरेको छ ।

हिल्सामा दुईदेखि तीन फिट हिउँ जमेको कारण त्यहाँ हिउँ छिचोल्नुपर्ने बाध्यता रहेको छ ।  सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पच्चीस जना सशस्त्र प्रहरी हिल्साको सीमा सुरक्षा चौकीमा खटिँदै आएका छन्। हिउँ नहुँदा हिल्साबाट यारीसम्म गएपनि अहिले नारा लेकमा बाक्लो हिउँ जमेको कारण चोर लाग्नासम्म मात्र पुग्न सकिन्छ ।

बिहान गस्तीमा निस्केको टोली बेलुका मात्र चौकीमा फिर्ता हुने गरेको छ। दैनिक गस्ती निस्कने भएको कारण सुरक्षा व्यवस्थामा हालसम्म कुनै समस्या देखिएको छैन। घाम लागेपछि मात्र हिल्साबाट सञ्चार सेवा गर्न सकिने गर्दछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : १० बजे

सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी

‘जागरण अभियानले जनतामा आशा जागेको छ’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

महिला फुटबल खेलाडी उत्पादन गर्दै न्यू डाँफे

खजुरा । बाँकेकै पुरानो मध्यको खजुरा-४ डि गाउँमा रहेको न्यू

प्रचण्डलाई पुनर्वास नगरपालिकामा विशेष स्वागत

कञ्चानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितको अभियान

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ । राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन