६ पुस २०८२, आइतबार | December 22, 2025

आईसीसी विश्वकप क्रिकेट लिग-२ : कुनै बिकेट नगुमाई नामिबियामाथी स्कटल्याण्डको फराकिलो जीत



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ ।

किर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नामिबियालाई १० बिकेटको फराकिलो अन्तरले जीत निकालेका हो । नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाई जीत हासिल गरेको हो । यो शृंखलामा स्कटल्यान्डको यो पहिलो खेल हो ।

स्कटल्यान्डको जितमा आक्रामक रूपमा प्रस्तुत भएका मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १०३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मुन्सेको यो पहिलो शतक हो ।

टस हारेपछि ब्याटिङमा निम्त्याइएको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो ।  सो खेलमा स्कटल्यान्डका माइकल लियस्कले चार विकेट लिए भने सफ्यान सरिफ र मार्क वाटले समान तीन तीन विकेट लिएका थिए ।

नामिबिया यसअघि मंगलबार भएको खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो ।

जितसँगै ३३ खेलबाट ४८ अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा छ । ३२ खेलबाट ३७ अंकसहित नामिबिया तेस्रो स्थानमा छ ।

स्कटल्यान्डले अब शुक्रबार नेपालसँग खेल्नेछ

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  २ : ३२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको