२४ माघ २०८२, शनिबार | February 7, 2026

मुस्ताङमा यात्रुबाहक बस दुर्घटना, ४ जना गम्भीर घाइते



बेनी । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका-३ धम्पु स्थित कालोपत्रे सडकमा दुर्घटना भएको छ । जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि.को ना ७ ख ७४४० नम्बरको यात्रु बाहक बस बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

बेनी-जोमसोम सडकको धम्पु स्थित सडकको बाँया सडक देखि करिव ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । बसमा सवार १७ जना यात्रु मध्ये ४ जना यात्रु गम्भिर घाईते भएको र अन्य यात्रु सामान्य घाईते भएको डीएसपी पौडेलले बताए ।

दुर्घटनाग्रष्त बसमा १२ जना पुरुष,४ जना महिला र १ जना नाबालक यात्रु थिए । गम्भिर घाईते यात्रुलाई थप उपचारका लागि पोखरा पठाईएको छ भने सामान्य घाईते यात्रुलाई थासाङ-३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाको सूचना भएसंगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली घटनामा स्थलमा पुगेर घाईतेका उद्दारमा खटिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  २ : ४८ बजे

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा