२ पुस २०८२, बुधबार | December 18, 2025

मुस्ताङमा यात्रुबाहक बस दुर्घटना, ४ जना गम्भीर घाइते



बेनी । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका-३ धम्पु स्थित कालोपत्रे सडकमा दुर्घटना भएको छ । जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि.को ना ७ ख ७४४० नम्बरको यात्रु बाहक बस बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

बेनी-जोमसोम सडकको धम्पु स्थित सडकको बाँया सडक देखि करिव ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । बसमा सवार १७ जना यात्रु मध्ये ४ जना यात्रु गम्भिर घाईते भएको र अन्य यात्रु सामान्य घाईते भएको डीएसपी पौडेलले बताए ।

दुर्घटनाग्रष्त बसमा १२ जना पुरुष,४ जना महिला र १ जना नाबालक यात्रु थिए । गम्भिर घाईते यात्रुलाई थप उपचारका लागि पोखरा पठाईएको छ भने सामान्य घाईते यात्रुलाई थासाङ-३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाको सूचना भएसंगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली घटनामा स्थलमा पुगेर घाईतेका उद्दारमा खटिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  २ : ४८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल