१३ असार २०८३, शनिबार | June 28, 2026

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा



पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा नयाँ दलहरुको प्रभावले आगामी निर्वाचनको प्रतिस्पर्धालाई रोचक बनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि पाँचथरमा १५ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदातामाझ नयाँ राजनीतिक दलहरुको बढ्दो प्रभावले प्रतिस्पर्धालाई बहुपक्षीय बनाउने सङ्केत गरेको छ ।
पाँचथरमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ, नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्बाङ, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजकुमार कुरुम्बाङ र जनता समाजवादी पार्टी नेपालका मचिन्द्रप्रसाद बेघा चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्ले, श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा, नेपाल मजदुर किसान पार्टीका लक्षुमन तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का विजय नेम्बाङ, मङ्गोल नेसनल अर्गनाइजेसनका रामकुमार तुम्रोक, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाक, नेपाल जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङ, राष्ट्रिय परिवर्तन पार्टी  उज्यालो नेपाल पार्टीबाट संयुक्त रुपमा टेकबहादुर सुब्बा र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) का मित्र लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् ।
विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचथरमा रोमाञ्चक प्रतिस्पर्धाबाट नेकपा ९एमाले०का वसन्तकुमार नेम्बाङ विजयी भएका थिए । नेम्बाङ र कांग्रेसहितको तत्कालीन गठबन्धनका उम्मेदवार भीष्मराज आङ्देम्बेले प्राप्त गरेको मतको अन्तर केवल ४६ मात्रै थियो । नेम्बाङले ३२ हजार १३५ मत प्राप्त गर्दा आङ्देम्बेले ३२ हजार ८९ मत पाएका थिए ।
उक्त निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङले एक हजार ५७८ मत, जनता समाजवादी पार्टी नेपालका प्रेमराज लावतीले एक हजार २७४ मत र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङले एक हजार ११ मत पाएका थिए थियो । अन्य उम्मेदवारले एक हजारभन्दा कम मात्रै मत  पाएका थिए ।
उक्त निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ समेत पाँचथरमा एमाले पहिलो पार्टी बनेको थियो । एमालेले २६ हजार ५९२ मत प्राप्त गर्दा कांग्रेसले १९ हजार ४४ मत, तत्कालीन नेकपा (माओवादी केन्द्र)ले १२ हजार १६९ मत, तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ३८७ मत, राप्रपाले दुई हजार ४४२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ९४८ मत, जसपा नेपालले एक हजार ७११ मत र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार ६४० मत पाएका थिए ।
सङ्घीय व्यवस्था लागू भएपछिका दुवै निर्वाचनमा एमालेका नेम्बाङ र कांग्रेसका आङ्देम्बेको प्रतिस्पर्धाले धेरै मतदाता उनीहरुकै प्रभावमा देखिन्थे । तर बिरामी परेर उपचाररत नेम्बाङ र समानुपातिक बन्दसूचीमा रहनुभएका आङ्देम्बेको प्रतिस्पर्धात्मक उपस्थिति नहुँदा मतदाताको रुझान कुन दल र उम्मेदवारतर्फ हुन्छ भन्ने यकिन हुन चुनावी परिणाम पर्खनै पर्ने अवस्था बनेको छ ।
पाँचथरमा २०७४ साल र २०७९ सालको निर्वाचनमा पहिलो दल बनेको एमालेलाई आफ्नो विरासत जोगाइ राख्नुपर्ने चुनौती छ । विसं २०७९ मा गठबन्धनका उम्मेदवारलाई पराजित गरेको एमाले आफ्नो मत कायम गराउन लागिपरेको देखिन्छ । दुवै पटक कुनै पनि उम्मेदवारलाई विजयी गराउन नसकेको कांग्रेस यस पटक जित निकाल्ने ध्याउन्नमा छ । विशेष महाधिवेशनबाट पाएको ऊर्जालाई कांग्रेसले मतदातामाझ पु¥याउने प्रयास गरिरहेको छ । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीको एकतापछि पाँचथरमा नेपाली कम्युनिष्ट पार्टी पनि प्रतिस्पर्धी शक्तिका रुपमा स्थापित भएको छ । कतिपय पहिचान पक्षधर व्यक्तिलाई पनि समेट्न सफल भएका कारण नेकपा उत्साहित देखिन्छ ।
तर पाँचथरमा मुख्यगरी राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी एवं राष्ट्रिय परिवर्तन पार्टीले मुख्य दलहरुलाई चुनौती दिइरहेका छन । यी दलका तीन उम्मेदवारले मुख्य तीन दलकै मतदातालाई क्रमशः प्रभावित गरिरहेका छन् । तीनवटै दलले चुनाव जित्ने दाबीसहित चुनाव प्रचारसँगै गाउँगाउँमा सङ्गठन निर्माण गरेपछि मुख्य दलको वास्तविक शक्ति यकिन हुन सकेको छैन ।
नयाँ दलको प्रभावले दबावमा परेका मुख्य दलसहित सबै दलका उम्मेदवार मतदाता भेट्न गाउँगाउँ पुगिरहेका छन् । वडा, टोल तथा बस्तीसम्म पुगेर उम्मेदवारले चुनावी माहौल तयार गरिरहँदा मतदाता पनि मतदानका लागि उत्साहित बन्न थालेका छन् । पाँचथरमा एक लाख ४३ हजार ४०८ मतदाता रहेका छन् । पुरुष मतदाता ७६ हजार ७८ र महिला मतदाता ६७ हजार ३३० रहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ३ : २० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट