३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

डा. चन्द्र भण्डारीको थप उपचारका लागि भारत लैजाने तयारी

किर्तिपुर अस्पतालले भन्यो, 'हालको श्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज छैन'



बुटवल। घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ।

किर्तिपुर अस्पतालले साधन र श्रोतको अभावमा नेपालमा उपचार सम्भव नभएको भन्दै बाहिर लैजान सिफारिस गरेपछि डा. भण्डारी र आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो ।

काठमाडौं बुद्धनगरस्थित घरमा बुधवार राति भएको विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।

२५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको र चन्द्र भण्डारीको फोक्सोमा नै असर तथा टाउको, अनुहार र दाइने साइड जलेको अस्पतालले जनाएको छ ।

परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन चन्द्र पुगेका थिए ।

अस्पतालले आज बिहानै एक विज्ञप्ति प्रकाशित गरेर साधन र श्रोतको अभावमा यथोचित उपचार नेपालमा सम्भव नभएको जनाएको थियो । इयर एम्बुलेन्सबाट दुबैजनालाई उपचारका लागि भारत लैजाने तयारी गरिएको सांसद भण्डारीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ८ : ५४ बजे

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा