९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागारबाट रिहा



कैलाली । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा कैदीको सजाय माफी गरिदिएपछि नागरिक उन्मुक्तिका सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका हुन् ।

आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिएका छन्। उनलाई नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत गरेकी थिइन् ।

१८ दिन कारागार बसेर रिहा भएकाले चौधरीले आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा अरुण चौधरीलगायत चारजनाको नाम समावेश रहेको थियो ।

चौधरी कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ४५ बजे

लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजना : प्राविधिक शिक्षाबारे बहस

रुपन्देही । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति

जुम्लामा घरमै पुग्यो राहदानी

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी

पनौतीका १३७ सुकुमवासीले दिए निवेदन

काभ्रेपलाञ्चोक । सरकारले सुकुमवासीलाई ब्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय

एमाले सचिवालय बैठक आज पनि बस्दै, कार्यविभाजनमा थप छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको

तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा