२९ माघ २०८२, बिहिबार | February 12, 2026

कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न मिल्दैन : पूर्वगभर्नर क्षेत्री



गोरखा । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न नहुने बताएका छन् ।

नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आज आयोजित वित्तीय साक्षरता कार्यक्रममा उनले कसैले भन्दैमा कर्जा मिनाहा नहुने बताएका हुन्। पूर्वगभर्नर क्षेत्रीले बबैंकिङ क्षेत्रमा तरलताको समस्या देखिएको अवस्थामा पनि लघुवित्त संस्थाले ब्याजदर वृद्धि नगरी सेवा प्रदान गर्नु सकारात्मक कार्य भएको टिप्पणी गरे ।

उनले ऋणीले जुन प्रयोजनका लागि काम गर्ने हो भनेर ऋण लिएका छन् सोही प्रयोजनअनुसार काम गर्ने हो भने ऋण तिर्न र किस्ता बुझाउन समस्या नहुने बताए। “कर्जाको सही सदुपयोग हुने अवस्था आउने हो भने धेरै समस्या नै आउँदैन”, पूर्वगभर्नर क्षेत्रीले भने, “कर्जाको उचित सदुपयोग गर्नेतर्फ ऋण लगानी गर्ने संस्था र ऋणी दुवै सचेत हुनुपर्छ ।”

उनले लद्युवित्तका ग्राहक सदस्यलाई कर्जाको सही सदुपयोग गर्न अनुरोध गर्दै कर्जा दुरुपयोग गर्दा लगानी डुब्ने अवस्था आउने बताए । त्यसबाट सदस्यले कठिनाइ तथा कानूनी झमेला बेहोर्नुपर्ने भन्दै उहाँले सचेत हुनुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश कार्यालयका उपनिर्देशक नविना ढकालले लघुवित्तले ग्रामीण अर्थतन्त्र उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्जाको किस्ता नतिर्ने भनी लघुवित्त विरुद्धको सङ्घर्ष समितिको पछाडि नलाग्न ग्राहक सदस्यलाई आग्रह गरे । उनले आफ्नो कारोबार नबिगारिकन अनुशासित सदस्यका रूपमा आफूलाई परिचित गराउन लाग्नुपर्ने भन्दै लघुवित्तले नीति विपरीत कार्य गरे कानूनी उपचार खोज्न सुझाव दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ३२ बजे

भदौ २४ गते राष्ट्रपतिलाई समेत ढालेर कठपुतली सरकार बनाउने षड्यन्त्र भएको थियो : प्रचण्ड

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड

टी-२० विश्वकप : इटालीले टस जितेर फिल्डिङ रोज्यो, नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार नेपाल र इटालीबीच

१३ औं संस्करणको ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु हुँदै

बुटवल । रूपन्देहीका विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका