काठमाडौं । नेपालले आईसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गतको त्रिदेशीय सिरिज चार खेलमा जित हात पारेपछि सन्दीप लामिछाने हौसिएका छन् ।
नेपाली राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका लामिछानेले ६ महिनापछि कमब्याक गरेपछि यस्तो बताएका हुन् ।
चार खेलको शृङ्खला नेपालले क्लिनस्वीप गर्दा उनले बलिङबाट महत्त्वपूर्ण योगदान दिएका छन् । ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ उनले फेसबुकमा लेखेका छन् ।
मंगलबार सम्पन्न नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित एकदिवसीय त्रिदेशीय शृंखलामा उनले कुल १३ विकेट लिएका थिए ।
सन्दीपलाई नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ । त्यही कारण उनलाई राष्ट्रिय टिमबाट खेल्न दिन हुनेरनहुनेबारे पनि विवाद भएको थियो ।




















प्रतिक्रिया