१२ श्रावण २०८१, शनिबार | July 27, 2024

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । आज (बुधबार) बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको थियो ।

यसअघि सन्दीप जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरिराज ढकालको एकल इजलासले सन्दीपलाई ८ वर्षको कैद सजाय सुनाएको थियो । सो फैसलाविरुद्ध सन्दीप उच्च अदालत पुगेका थिए ।

जिल्ला अदालतबाट दोषी ठहर भएपछि सन्दीप क्यानबाट अलग्गिएका थिए । उनले सफाइ पाएसँगै क्यानले आज नै निलम्बन फुकुवा गरेको हो ।

नेपाली क्रिकेट टिम अहिले विश्वकप खेल्न अमेरिका पुगिसकेको छ । लामिछाने टिमको बिदाइमा पनि सहभागी भएका थिए । अब उनले नेपाली टिमको प्रमुख खेलाडीका रुपमा टिममा सहभागिता जनाउने बताइएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : १६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्